मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परिजिता बाँस्तोला अमेरिकी संस्करणको ‘द भ्वाइस’बाट बाहिरिइन्



 

काठमाडौं । नेपाली मूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए । सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चार जना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।

परिजिताले आकर्षक गीत गाइन् तर कम भोटको आधारमा उनी बाहिरिनुपर्‍यो । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँच अर्थात् पाँचमा प्रवेश गरे । यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् । परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरेकी परिजिताको गायकीको प्रशंसा भएको थियो ।

द भ्वाइसको फिनाले नेपाली क्यालेन्डरअनुसार मंसिर २६ र २७ गते हुँदैछ । दुई एपिसोडमा फिनाले प्रसारणको तयारी छ । यता नेपालमा पनि एलिमिनेसन राउण्ड सुरु भएको छ । अहिलेसम्म भूपेन्द्र रणपाल र वर्षा इटानी बाहिरिएका छन् । दर्शकको भोटका आधारमा थप दुई प्रतिस्पर्धी आगामी शुक्रबार र शनिबारका एपिसोडबाट बाहिरिनेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : ५७ बजे