मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाई सुरु



२३ मंसिर,काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ शुक्रबारको संवैधानिक इजलासमा हुने भएको छ ।

त्यसका लागि सर्वोच्च अदालतले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ । उक्त इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्दैछ । सर्वोच्च अदालत बारका अध्यक्ष पुर्णमान शाक्यसहितले गौतमले जवरालाई दिएको निलम्बन फुकुवाविरुद्ध रिट बुधबार सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ५१ बजे