मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला एक लाख ३०० पुग्यो



 

२३ मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।

आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावल सुन प्रतितोला ९९ हजार ७००, तेजावी सुनको मूल्य ९९ हजार २०० र चाँदीका मूल्य १३ सय ६० रुपैयाँ थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : ०७ बजे