मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक पिच गर्न माग गर्दै थली-साँखु खण्ड बन्द



 

२३ मंसिर, काठमाडौं । बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ ।

थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ । यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर उनीहरुको माग अझैसम्म पूरा भएको छैन ।

चाबहिल-साँखु सडकखण्डमा पर्ने थलीस्थित व्यञ्जन पार्टी प्यालेसदेखि गोकर्ण रिसोट छेउ उकालोसम्मको बाटो कच्ची छ । वषरमा हिलो र हिउँदमा धुलो उड्ने भएकाले स्थानीय समस्यामा परेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : २२ बजे