मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस इन्टरनेसनलमा नेपालको बलियो दाबेदारी, न्यान्सी ब्युटी फोरममा छानिइन्



 

काठमाडौं । के नेपालले मिस इन्टरनेसनल २०२२ को उपाधि जित्ला रु जित्ने कुरालाई लिएर आशावादी हुन सकिन्छ । तर एउटा कुरा चाहिं के पक्का हो भने नेपाल यो ब्युटी पेजेन्टको दाबेदार पक्कै हो । मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले मुलुकको प्रतिनिधित्व गरिरहेकी छन् । डिसेम्बर १३ मा हुने ग्राण्ड फिनालेमा ६८ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल पनि यस संस्करणको दाबेदार हो भन्ने पुष्टि गर्न तीनवटा आधार पर्याप्त छन् । पहिलो-इन्टरनेसनल फोरममा नेपाल छानिन सक्यो । दोस्रो- जापानका मेयरहरुको भेटघाटमा नेपाल प्राथमिकतामा पर्‍यो र तेस्रो-राष्ट्रसंघीय दिगो विकासको थिममा तयार पारिएको भिडियो प्रस्तुतिमा नेपालले हासिल गरेको प्रतिक्रिया गज्जब छ ।

उक्त भिडियोमा न्यान्सीले मानसिक स्वास्थ्य, बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यजस्ता मुद्दालाई प्रस्तुत गरेकी छन् । यसपटकको मिस इन्टरनेसनलको नारा पनि ‘दिगो विकासका लागि सुन्दरता’ भन्ने छ । न्यान्सीले पनि मिस नेपालको फिनालेदेखि नेपाली मिडियासामु आफ्नो क्षमता प्रस्तुत गरिसकेकी छन् । उनको वाचाल कला र गज्जबको उत्तर दिनसक्ने क्षमता लोभलाग्दो छ ।

कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमा हुन लागेको प्रतियोगितामा यतिबेला सुन्दरीहरुले सबटाइटलमा प्रतिस्पर्धा गरिरहेका छन् । जापानको राजधानी टोकियोमा हुने प्रतिस्पर्धामा जानुअघि अनलाइनखबरसँग कुरा गर्दै जितका लागि आफू उत्साहित रहेको बताएकी थिइन् । यसपटक मिस अर्थमा पनि नेपालले सिंगो एसिया र ओसियाना क्षेत्रबाट सर्वोत्कृष्ट इको-भिडियो अवार्ड पनि प्राप्त गरेको छ । मिस नेपाल अर्थ सरिशा श्रेष्ठले उक्त अवार्ड यसै साता फिलिपिन्सबाट काठमाडौं फकिइसकेकी छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : २२ बजे