मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीको टीकापुर र लम्की नगरपालिकामा तालाबन्दी



 

२३ मंसिर , काठमान्डौँ । कैलालीको दुईवटा नगरपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ । जिल्लाको लम्कीचुहा र टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको हो । लम्कीमा गरिएको तालाबन्दीको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीले लिएको छ ।

नगरपालिकाको आवश्यकताभन्दा बाहिर गएर नगरप्रमुख सुशीला शाहीको एकल निर्णयले विलासी तथा महंगो मोटरसाइकल खरिदको विरोधमा तालाबन्दी गरेको नेकपाका कैलाली जिल्ला सचिव विनोद बिष्टले बताए । मोटरसाइकल खरिद कार्य प्रचलित ऐन कानुन विपरित रहनुका साथै नगरप्रमुख शाहीले नगरसभाको निर्णयलाई लत्याउँदै आफ्नै शो रुमबाट खरिद गराएको र नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन र संकलनमा अनियमिता गरेकोले तालाबन्दी गरेको बताए ।

तर नगरपालिकामा लगाइएको ताला केही समयमै तोडिएको छ । अनियमिताको विरोधमा गरिएको तालाबन्दी तोडिएको प्रति सो नेकपाले कडा विरोध जनाएको छ । जिल्ला सचिव विष्टले अब हुने क्षतिको जिम्मेवारी स्वयम नगरपालिकाले नै लिनुपर्ने चेतावनी समेत दिए । त्यस्तै, टीकापुर नगरपालिकाले नगर क्षेत्रस्थित अतिक्रमित क्षेत्र खाली गराएको विरोधमा तालाबन्दी गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीले जनाएको छ । जुन तालाबन्दी खुलाउने पहल जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए । केही दिनयता नगरपालिकाले अतिक्रमित क्षेत्रमा डोजर चलाउँदै आएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ४ : ५१ बजे