२३ मंसिर ,काठमान्डौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ बाट ७ लाख ८५ हजार बराबरको धनमाल चोरी भएको छ ।
चन्द्रागिरी–१३ स्थित ३५ वर्षीया रोशनी खरेलको घरमा कोही नभएको अवस्थामा घरको ढोकाको ताला फोडेर सुनका गरगहना र ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ ।
बिहीबार करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको बारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया