२६ मंसिर,काठमाडौं । यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कारबाट गौरी शंकरलाल दास पुरस्कृत भएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले शनिबार गरेको एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारकर्मी गौरीशंकरलाललाई एक लाख रूपैयाँ रासीको उक्त पुरस्कार प्रदान गरेका हुन्।
मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई आयोगले यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ। २०६२र०६३ को जनआन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा अनुगमनकै सिलसिलामा दयाराम परियारको निधन भएको थियो।
प्रतिक्रिया