मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपन सेसन नेप्से १.२४ अंकले ओरालो



 

२६ मंसिर,काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १।२४ अंकले घटेको छ । यससँगै सूचक १९१६.०४ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ८० हजार ७३५ रूपैयाँको सेयर कारोबार भएको छ । कुल ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा १३ उपसूचकहरू मध्ये कुल ३ कम्पनीको मूल्य बढेको छ भने ३ को मूल्य घटेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । यता गरिमा विकास बैंक र सिबाइसी नेपाल लघुवित्त २ प्रतिशतले बढेको छ ।

साथै सिबाइसी नेपाल लघुवित्तको एक लाख बढिको कारोबार भएको र एनआइसी एसिया बैंकको ६७ हजार बढीको कारोबार भएको नेप्सेले जानाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १२ : ०६ बजे