मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दिवासमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु



 

२५ मंसिर, काठमान्डौँ । महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका-३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।

सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १२ : ३० बजे