मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोनाल्डो रोएको दृश्य भाइरल बनेपछि वर्षाले लेखिन्- सधैंभरि उनकै समर्थनमा छु



 

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप फुटबलको कतार संस्करणको यात्रा टुंगिएको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा अफ्रिकी मुलुक मोरक्कोले पोर्चुगललाई स्तब्ध बनायो । रेफ्रीले अन्तिम सिट्टी फुकेलगत्तै रोनाल्डोले आँसु थाम्न नसकेको दृश्य विश्वभर भाइरल बन्यो । नेपाली कलाकारदेखि सर्वसाधारणले पनि रोनाल्डोको उक्त तस्वीरलाई सेयर गरे ।

विश्वकप सुरु भएदेखि नै अभिनेत्री वर्षा सिवाकोटी रोनाल्डोकी प्रशंसक हुन् । पोर्चुगलका प्रत्येक खेल नछुटाई हेर्ने वर्षालाई शनिबारको उक्त खेलले पीडा दियो । रोनाल्डोको फ्यान हुनुको नाताले दुःखी हुनु स्वभाविक पनि हो ।

‘यस्तै हो खेलमा, फरेभर पोर्चुगल र क्रिस्टियानो रोनाल्डो,’ वर्षाले खेललगत्तै सामाजिक सञ्जालमा लेखिन् । रोनाल्डो बाहिरिए पनि आफू सधैं उनको समर्थनमा रहने भन्दै वर्षाले आफूलाई शान्त तुल्याएकी छन् । वर्षा यतिबेला मह सिकारको दृश्यावलोकन गर्न लमजुङको भुजुङ गाउँ पुगेकी छिन् । उनले त्यहींबाट विश्वकप हेरेर यस्तो प्रतिक्रिया दिएकी हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : २९ बजे