मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौंडाको तरकारी बजार राप्ती उकास क्षेत्रमा सारिदै



 

२५ मंसिर, काठमान्डौँ  । हेटौंडाको मुख्य बजारक्षेत्रमा रहेको तरकारी बजार हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती उकासको जमिनमा सारिने भएको छ । आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए ।

तरकारी बजार स्थानान्तरणको लागि राप्ती उकासमा करिब २ विघा क्षेत्रमा १०६ वटा स्टल निर्माण गरिएको छ । जसमध्ये ७३ वटा होलसेल र ३३ वटा खुद्रा स्टल छन् । नेपाल फलफुल तथा तरकारी व्यापारी संघमा आबद्ध व्यवसायी र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तरकारी बजार निर्माण गरिएको थियो ।

बजारको पूर्वाधार निर्माण गर्न संघमा आबद्ध १०६ जना व्यवसायीले प्रतिव्यवसायी २ लाख ५० हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए भने उपमहानगरपालिकाले ३३ लाख ३६ हजार ६ सय रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । राप्ती उकासमा रहेको तरकारी बजारको आइतबार बिहान उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् । अहिले तरकारी बजार रहेको टीसीएन क्षेत्रमा उपमहानगरपालिकाले बस टर्मिनल निर्माण गर्न लागेको उनले जानकारी दिइन् । नयाँ तरकारी बजारलाई व्यवस्थित गर्दै व्यवसायीलाई राम्रो व्यवसायिक वातावरणको सुनिश्चितता गर्न उपमहानगर तयार रहेको उनले बताइन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ४५ बजे