मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत



 

२५ मंसिर ,काठमान्डौँ ।गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ५५ बजे