मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक आन्दोलनको नेतृत्व गर्दै कुन्ती पोखरेल, कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी



 

२५ मंसिर, काठमाडौं। काठमाडौंको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ३ दिनदेखि जारी विरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।  वर्षौंदेखि सडक खनेर अलपत्र अवस्थामा छाडिएपछि सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाकी नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् । नगरपालिका कार्यालय अगाडिको बाटो नै कालोपत्रे नभएका कारण हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय हैरान हुने गरेका कारण सो समस्या समाधान हुने निश्चित नभएसम्म विरोध जारी राख्ने पोखरेलले बताइन् ।

हालै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सोही क्षेत्रमा प्रतिस्पर्धा गरेकी राप्रपाकी उम्मेदवार रहेकी पोखरेलले चुनावमा पराजित भएपनि सो क्षेत्रका जनताको सुख दुःखमा साथ दिने उल्लेख गर्दै बलियो प्रतिपक्षको रुपमा खडा हुने उल्लेख गरिन् । उनले भनिन्– ‘वर्षौंदेखि यहाँको सडक अलपत्र अवस्थामा छोडिएको छ । नगरपालिकाको कार्यालय अगाडि भएपनि नगरपालिकाले कुनै पहल नगरेका कारण कार्यालयमा ताला लगाउनुपरेको हो ।

आफ्नो क्षेत्राधिकार बाहिरको बाटो भनेर नगरपालिका पन्छन पाउँदैन । नगरपालिकाले आफ्नो नगरभित्रको बाटोको जिम्मा लिनुपर्छ भनेर सम्झाउनका लागि तालाबन्दी गरिएको हो ।’ चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : ०८ बजे