मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले बिहीबार बालुवाटार छाड्ने, धुम्बाराहीको नयाँ घरमा सर्ने तयारी



१२ पुस,काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बिहीबार बालुवाटार छाड्ने  बताए । उनले भने, ‘पर्सी बालुवाटार छाड्छौं । धुम्बाराहीमा नयाँ घर भेटिएको छ । आज र भोलि घरमा डेकोरेशन हुन्छ ।’

आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ ।

देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् । बूढानीलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइरहेकोले बालुवाटार छाड्न ढिलो भएको भानु देउवाले बताए । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने भएपछि देउवाले धुम्वाराहीमा भाडाको घर खोजेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १२ : ५२ बजे