मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?



 

१२ पुष ,काठमान्डौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो । आज तोलामा २०० रूपैयाँ बढेसँगै आज तोलामा १ लाख ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २०० रूपैयाँ छ ।

साताको पहिलो कारोबार दिन पनि सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो । गत साताको शुक्रबार तोलामा १ लाख ३०० रहेको सुनको मूल्य आइतबार २०० रूपैयाँ प्रतितोला बढेको थियो । सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ छ । यससँगै, लगातार ४ दिनदेखि चाँदीको मूल्य स्थिर छ ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : २६ बजे