मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशसभा सदस्यहरुले लिए शपथ




१४ पुस ,काठमाडौँ । बागमती प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । ११० सदस्यीय प्रदेशसभाका सदस्यहरुलाई बिहीबार ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, पूर्वसभामुख सानुकुमार श्रेष्ठ लगायतको उपस्थितिमा सदस्यहरुले शपथ लिएका थिए । प्रदेशसभाका १२ सदस्यले नेपाल भाषामा, तीन जनाले तामाङ भाषामा शपथ लिएका छन् । उनीहरुले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधा सम्बन्धी ऐन–२०७५ दफा २४ बमोजिम मातृभाषामा शपथ लिएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले बैठक आह्वान गरेका हुन् ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ३ : ४७ बजे