मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालयले सोध्यो बीपी प्रतिष्ठानका पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण



 

१४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले काठमाडौको महाराजगञ्जस्थित बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देककलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आर्थिक वर्ष २०७९र८० को प्रथम त्रैमासमा सञ्चालित विकास कार्यक्रम र आयोजनाहरुको समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकसँग स्पष्टीकरण माग गरेको हो ।

गत मंगलबार सञ्चालन भएको मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा उपस्थित नभएपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। कृष्ण प्रसाद पौडेलले जानकारी दिए । ‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो रु सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउन मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार जानकारी गराइन्छ ,’ मन्त्रालयको पत्रमा भनिएको छ ।

 

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : २१ बजे