मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन



१५ पुस, काठमाडौं । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।

पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)(मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : ५२ बजे