मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु



 

१५ पुस, काठमान्डौँ। मकवानपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया–५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौंडा-१८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०-२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ट्रक चालक निजगढ–९ का सुर्य बहादुर घिमिरे पनि घाइते रहेको र सबै घाईतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : २१ बजे