मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शपथका लागि तम्तयार सुदूरपश्चिम प्रदेशसभाका सांसद



 

१५ पुष , काठमान्डौँ । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुको आज शपथग्रहण हुँदैछ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा भवनमा शपथग्रहणका लागि संसद्हरु पुग्दैछन् । उनीहरु विभिन्न संस्कृति झल्किने पोसाकमा उपस्थित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : ३८ बजे