मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुविधानगरमा युवकमाथि चक्कु प्रहार



 

१७ पुष , काठमान्डौँ । काठमाडौं महानगरपालिका–२३ सुविधानगरमा एक जना युवकलाई अपरिचित समूहले चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट गोरखा घर भएर सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल घाइते भएका छन् ।

उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

शनिबार साँझ आठ–दश जनाको समूहले सुविधानगरस्थित बागमती करिडोरमा भुजेललाई चक्कु प्रहार गरेर भागेका थिए । निखिलको दायाँ छातीमा चोट लागेको छ । घटनामा संलग्नहरु फरार छन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ११ : ५० बजे