काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’ को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ । पारिवारिक प्रेमकथा समेटिएको गीतमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको अभिनय देख्न सकिन्छ । गीतले पारिवारिक खुसीसँंगै पीडासमेत देखाएको छ ।
दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका कार्की र सोमनाथ समेतको अभिनय रहेको फिल्मको यो गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर छ । गीत गायनमा बास्कोटालाई सदीक्षा कट्टेलले साथ दिएकी छन् ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन छ । फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मका मणिराम पोखरेल कार्यकारी निर्माता र मनिष ढकाल निर्माता हुन् ।
प्रतिक्रिया