मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाइनासोर युगभन्दा अघिको जीव धर्तीमा भेटियो, छन् तीनवटा आँखा



 

काठमान्डौँ । एक पर्यटकीय स्थलमा घुम्न आएका केही मानिसहरुले पृथ्वीमा ५५ करोड वर्ष अघिदेखि अस्तित्वमा भएको जीव भेटेका छन् । उनीहरु अमेरिकाको एरिजोनको चर्चित पहाड ‘द वेव’ मा घुमिरहेका थिए । त्यहाँ उनीहरुले एउटा पोखरी देखे । त्यहाँ उनीहरुले धेरै प्रकारका ऐतिहासिक ट्रायओप्स (स–साना जलीय जीव जुन डायनासोरको युगका हुन्) भेटे । यसको एउटा भिडियो पनि सार्वजनिक भयो जसमा उनीहरु पानीमा तैरिरहेको देखिन्छन् । २९ वर्षका अदार लिबोविच पनि ती पहाडको बीचमा घुमिरहेका थिए । त्यति नै बेला उनको नजर एक अचम्मको जीवमाथि पर्यो । त्यहाँ उनले पोखरीमा तीनवटा आँखा भएको जीव देखे । अदार व्यावसायिक रुपमा कम्प्युटर इन्जिनियर हुन् ।

अदारले उक्त जीवको भिडियो इन्स्टाग्राममा सेयर गर्दै आफ्नो अनुभव साझा गरेका छन् । उनले लेखे, ‘एक असाध्यै अलमलमा परेँ । म एक मरुभूमिको बीचमा थिएँ र त्यहाँ एक पोखरीमा मैले एउटा जिउँदो जीव भेटेँ । यो कसरी सम्भव हुन सक्ला रु यिनीहरुको अण्डालाई वर्षौंसम्म एक्लै छोड्न सकिन्छ र एकपटक पानी अण्डाको सम्पर्कमा आएपछि भित्रको जीव बाहिर आउँछ ।’ पानीमा बस्ने यो जीवलाई ग्रीकमा ‘तीन–आँखा’ का लागि प्रयोग गरिने शब्दमा ट्रायओप्स नाम दिइएको छ । यी जीवका दुई ठूला र एउटा सानो आँखा छन् । सानो आँखा दुई ठूला आँखाको बीचमा छ । सानो आँखामा फोटोरिसेप्टर्स हुन्छन् जसले लाइट डिटेक्ट गर्न मद्दत गर्छ ।

ट्रायओप्सलाई ‘डायनासोर श्रिम्प’ पनि भनिन्छ । किनभने ३६ करोड वर्षदेखि ४३ करोड वर्षका बीच डेवोनियन पिरियडदेखि लिएर हाालसम्म यिनीहरुको बाहिरी आवरणमा निकै कम परिवर्तन आएको छ । १० करोड वर्ष अघि डायनासोर अस्तित्वमा आउनु अघि पनि यी ट्रायओप्स यो पृथ्वीमा थिए । ट्रायओप्सको भिडियो सेयर गर्र्दै अदार लिबोविचले लेखे, ‘हामी निकै भाग्यमानी छौँ कि हामी यो दुनियाँको हिस्सा हौँ । जहाँ ट्रायओप फिशजस्ता जीव, हालको जानकारीका अनुसार यो ग्रहमा सबैभन्दा लामो समयदेखि रहँदै आएका छन् ।’

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  २ : ५५ बजे