१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग एकता गर्ने विषयमा उठेको सवाल एमालेकै केही नेताले चलाएको हल्लामात्र रहेको दावी गरेको छ।पार्टीको जारी स्थायी कमिटी बैठकमा अहिले पार्टीलाई मजबुद बनाउने विषयमा छलफल भइरहे पनि एमालेसँग पार्टी एकताको कुनै प्रक्रिया अघि नबढेको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताए।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै तुलाधरले भने, हामीले पार्टीलाई मजबुद बनाउने विषयमा छलफल गरेका छौँ। एकता केन्द्र बनाउने विषयमा पनि छलफल भएको छ। तर नेकपा एमालेसँगको पार्टी एकताका सवालमा जुन चर्चा चलेको छ, त्यो एमालेका केही नेताले चलाएको भ्रम मात्र हो। एमालेसँग पार्टी एकताको कुनै प्रक्रिया अघि बढेको छैन।
एमाले नेता विष्णु पौडेलसहितले एकताका विषयमा संवाद अघि बढाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले बाम एकताका विषयमा केही अघि संवाद भएपनि एमालेसँगको पार्टी एकताका विषयमा कुनै कुराकानी नभएको तुलाधरले बताए।
प्रतिक्रिया