मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक विकासको अर्को खम्बाः प्रधानमन्त्री प्रचण्ड



१७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले मुलुको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जिल्लाको मात्रै नभइ सिंगो मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आइतबार काठमाडौंबाट पोखरा आएका थिए।

पोखरा पर्यटकीय रुपमा विश्वरुपमा परिचित त छ नै। कनेक्टिभिटीका रुपमा यस जिल्लामात्रै नभइ सिंगो मुलुको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा कसैले दुईमत राख्दैन,प्रधानमन्त्री प्रचण्डले भने। लामो समयको निर्माणपछि विमानस्थल सञ्चालनमा आएसँगै पोखरेली जनताको सपना पूरा भएको उनको भनाइ छ। प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएको एक हप्ता नपुग्दै विमानस्थल उद्घाटन गर्न पाउँदा हर्ष र गर्व महशुस भएको बताए। उनले भने,तेस्रो पटक प्रधानमन्त्री बनेको एक हप्ता नपुग्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने अवसर पाएँ। तपाईंहरुको खुसीसँग खुसी मिसाउन चाहन्छु।

प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा आएदेखि नै आफूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने अडान राख्दै आएको बताए। उनले विमानस्थल निर्माणका लागि विभिन्न सम्बन्धित व्यक्तित्वसँग छलफल र संवाद गरेको बताए। ुसंघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री भएदेखि नै लगातार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बारेमा कास्की जनतासँग, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र बुद्धिजिवी,व्यवसायीहरुसँग गरेको दिनको स्मरण गर्न चाहन्छु,उनले भने, विमानस्थल निर्माणबारे चिनियाँ दूतावासमा मात्रै नभइ चीन भ्रमणमा लगातार गरेका संवादहरु स्मरण गरेको छु।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ३ : ३१ बजे