मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ १ लाख २ हजार ६ सय रुपैयाँ पुग्यो, चाँदीको कति ?



 

१९ ,पुष, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा नै ९ सय रुपैयाँले बढ्दै १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो ।

जुन गत ८ महिना यताकै उच्च मूल्य हो । गत वैशाख ५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत सोही दरमा बढेर आज प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले मात्रै बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १ : २२ बजे