मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो टिमको एक जना खेलाडीलाई फिक्सिङको अफर आएको थियोःज्ञानेन्द्र



१९ पुस, काठमाडौं । नेपाल टी–ट्वान्टी लिगको काठमाडौँ नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको खुलासा गरेका छन् ।

मंगलाबार विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा कुरा पुर्‍याइसकेको बताए । ‘फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्‍यौँ,’ मल्लले भने ।

मल्ल नेतृत्वको काठमाडौँले आजको खेलमा विराटनगरलाई हराएको थियो । उक्त खेल सुरु हुनु पूर्व खेलाडीले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएपछि खेल ढिला गरी सुरु भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १ : ५१ बजे