मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न्



 

१९ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले बिहिबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै सञ्चालन गरेको थियो । तर, आयोगले माग गरे बमोजिम ६४७ पदमा शिक्षक छनोट हुन नसकेको आयोगका प्रवक्त सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनले भने, ‘हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन।’

विद्यालयहरुमा रिक्त रहेको गणित विज्ञान, विज्ञान, गणित विषयहरुमा विद्यार्थीहरुले फेरि पनि विषय शिक्षक नपाउने भएका हुन् । आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते सञ्चालन गरेको खुला प्रतियोगितात्मक लिखित ९सामान्य र विषयगत० परीक्षाबाट छनोट भएका शिक्षकहरु स्थाई नियुक्तिका लागि सिफारि गरेको हो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ४ : २३ बजे