मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक आन्दोलित



 

 

२० पुस, काठमान्डौँ। धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरु आन्दोलित भएका छन् । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको विवादले विगत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका लागि भोला दासको अध्यक्षतामा ९ सदस्य संघर्ष समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा जागेश्वर सदा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा राजाई यादव छन् । यस्तै सदस्यहरुमा सिरी सदा, रामदेव मुखिया, केशवर दास, दशरथ यादव र मुनेश्वर दास रहेको जनाइएको छ ।

यथाशीघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन चरणवद्ध आन्दोलनको घोषणा गर्ने संघर्ष समितिका अध्यक्ष भोला दासले बताए।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : ०० बजे