मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा भालुको आक्रमणबाट एकजनाको मृत्यु



 

२० पुस, काठमान्डौँ । अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो ।

घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए ।

जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले बताए ।  जंगल नजिकैको बस्ती भएकाले सीतापुरका बासिन्दामा भालुको आक्रमणको त्रास रहेको उनले बताए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : ३० बजे