मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि बढ्यो सुनको मूल्य, नयाँ कीर्तिमान कायम



 

२० , पुष ,काठमाडौं । पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको भाउ आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ ।

हिजो एकैदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम थियो ।

आज मूल्य बढेसँगै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ छ । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ३ : ०२ बजे