मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८ सय मिलिग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ



 

 

२१ पुस, काठमान्डौँ ।प्रहरीले ८ सय मिलिग्राम ब्राउन सुगरसहित झापा, दमक नगरपालिका-१ श्रीपाली चोकबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगरपालिका-१ कुमाल चोक बस्ने ईलाम फाकफोकथुम गाउँपालिका-४ घर भएका ३९ वर्षीय धनराज आले रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चेकजाँच गर्ने उनलाई बुधबार साँझ क्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १ : ५२ बजे