२१ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं सीतापाइलामा सडकको खाल्डो पुरेको निरीक्षण गरेका छन् । उनले उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र र देशभरिका राजमार्गको १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका थिए । त्यसै अनुसार उनले उपत्यकाको सडकको खाल्डो पुरेको निरीक्षण गरेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो निर्देशन अनुसार काम सुरु भइसकेको तर काम गर्नेहरुलाई प्रोत्साहन गर्न आफू सडकमा आएको बताए ।उपत्यकाका सडकहरु भौतिक पूर्वाधार मन्त्रालय मातहत मात्र नरहेको भन्दै उनले कतिपय सडक काठमाडौं महानगरपालिका, उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत पनि रहेको बताए ।
ती निकाय मातहतका सडक पनि मर्मत सम्भारका लागि छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । उपप्रधानमन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक पनि सडकको खाल्डो पुरेको हेर्न पुगेका थिए ।
प्रतिक्रिया