मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योगबाट अर्थ पुगे तोयम राया, राजश्व सचिवमा घिमिरे



२१ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम राया अर्थसचिवमा सरुवा भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले रायालाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, अर्थसचिवमा कृष्णहरी पुस्कर थिए । यसैगरी, राजश्व सचिवमा रामप्रसाद घिमिरे आएका छन् । घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि, राजश्व सचिवमा रामेश्वर दंगाल थिए ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  २ : २३ बजे