मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डलाई विश्वासको मत दिए महाभुल हुनेछः नैनसिंह महर



 

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने बताए ।

निर्वाचन अगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्, ‘ आज फेरि भन्छु, सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’

उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन् । बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : ०० बजे