२६ ,पुष,काठमान्डौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे जानकारी गराइने भएको छ ।
यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले आजै बस्ने संसद् बैठकमा विश्वासको मत लिँदै छन्।
प्रतिक्रिया