मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा श्रीमान्‌को लात्ती प्रहारबाट श्रीमतीको मृत्यु



 

२७ पुस, काठमाडौं । झापामा श्रीमान्‌को लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति भोजपुर स्थायी ठेगाना भएर झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आपसी विवादमा श्रीमतीलाई लात्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय वीर बहादर भुजेलको घरमा डेरा गरी बस्ने वर्ष घिसिङले श्रीमती प्रमिलालाई खाना नपकाएको कारण झैझगडा गरी पेटमा लात्तीले हानेका थिए ।

प्रहरीले घिसिङलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : १० बजे