मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी बन्यो पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको च्याम्पियन



 

२७ ,पुष, काठमाडौँ । लुम्बिनीले अल स्टारले पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको उपाधि जितेको छ । फाइनलमा बुधबार विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनीले नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणको उपाधि जितेको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजक रहेको लिगको उपाधिसंगै लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पुरस्कार प्राप्त गर्यो ।

यस्तै, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख रुपैयाँ पायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी अल स्टारले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ रन बनाए । पृथु बास्कोटाले ३१ र हुसैन तलातले १३ बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका सागर ढकाल र हर्मित सिंह समान दुई विकेट लिए । किशोर महत्तो र बिपुल शर्माले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले १९।२ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल खडा गरेको थियो ।

लुम्बिनीका ओपनर लहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऎरीले २० र इसान पाण्डेले १८ रन बनाए । विराटनगरका राज नानन र नन्दन यादवले दुई९दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : १३ बजे