मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलाइका अरोडाले भनिन्, ‘नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न उत्साहित छु’



 

२८, पुष, काठमान्डौँ । बलिउड अभिनेत्री मलाइका अरोडाले आफू नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न लागेकोमा निकै उत्साहित भएको बताएकी छिन् । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा चौथो जेम एण्ड ज्वेलरी एक्सपोले बिहिबार ज्वेलरी फेसन शो आयोजना गरेको छ ।

यसमा मलाईका अरोडा शो स्टपरको रुपमा र्‌याम्प वक गर्दैछिन् ।नेपालमा हुँदा कस्तो अनुभव भइरहेको छ भनेर मलाईकालाई सोधिएको प्रश्नमा उनले यहाँ आउँदा आफूलाई निकै खुसी लागेको र आमन्त्रण गरेकोमा धेरै खुसी लागेको बताएकी छिन् । नेपाल भ्रमण आफ्नो पहिलो नभई यसअघि पनि धेरैपटक नेपाल भ्रमणमा आइसकेको जानकारी दिँदै उनले यसपटकको भ्रमण छोटो भएको जानकारी दिएकी छिन् ।

उनले भनिन्,‘ म यहाँ निकै थोरै समयको लागि आएकी छु तर यहाँ जति समय बस्छु, त्यसलाई विशेष बनाउनेछु ।’नेपालको फेसन, सङ्गीत र फिल्मबारे केही मात्रै जानकारी भएको बताउँदै यसपटक भने धेरैभन्दा धेरै जानकारी बटुल्ने योजनामा भएको पनि जानकारी दिइन् ।‘नेपाल र भारत सांस्कृतिक रुपमा पनि अन्तरसम्बन्धित भएकोले यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा म निकै नै खुसी छु ,’ उनले भनिन् । नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न म निकै उत्साहित छु,’ उनले अन्तिममा भनिन् ।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : ४५ बजे