काठमाडौँ । केही समय मौन रहेकी गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूलाई गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुन थालेकी छन् ।
यस्तैमा बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् ।‘बचनले दिएको घाउको औषधि बचन नै हो ।
बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ’, उनले भनेकी छन् ‘सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । उनी अगाडि थप्छिन्, ‘अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरू १ गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’
प्रतिक्रिया