मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा हुने



 

२९, पुष, काठमान्डौँ । लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।

प्रदेशसभा सचिवालयले माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ । माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको कार्यसूची प्रदेश सभा सचिवालयले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : ४१ बजे