मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारागारबाट सन्दीप लामिछानेलाई अदालत लगियो



२९ पुस, काठमाडौं । बलात्कार आरोपमा २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई अदालत लगिएको हो । उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

लामिछाने जिल्ला अदालत काठमाडौंको पुर्पक्षमा थुनामै रहने आदेशविरुद्ध उच्च अदालत गएका थिए । लामिछानेलाई आवश्यक प्रक्रिया मिलाएर रिहा गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : २५ बजे