मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित



२ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभाको बैठक मंगलबारसम्मको लागि स्थगित भएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार बैठक स्थगित भएपछि सभामुखको चुनाव माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको हो ।

आज (सोमबार) राष्टिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको बताइएको छ । आज विहान बसेको सर्वदलीय बैठकमा दलहरुबीच बैठक स्थगित सहमति भएको हो ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ३२ बजे