मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शव पहिचान गर्न काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ पोखरामा



 

२ माघ, काठमाडौं । यती एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान गर्न काठमाडौँबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा गएका हुन् ।

घटनास्थलबाट संकलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । संकलन गरिएको ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । शव पहिचान गर्न र पोस्टमार्टमका सहयोग गर्न काठमाडौँबाट विशेषज्ञ चिकित्सक पोखरा गएका हुन् ।

पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी अस्पताल०का ५ जना र काठमाडौँबाट गएका दुई जना विशेषज्ञले शव पहिचान सँगै पोस्टमार्टम गरिरहेका छन् । पहिलो चरणमा १४ जनाको पोस्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले  बताए । एसपी केसीका अनुसार अहिलेसम्म ४२ जना मृतकको सनाखत गरिएको छ ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : ४७ बजे