मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शव बोकेको सेनाको हेलिकप्टर प्रहरी एकेडेमीमा ल्याण्ड हुन सकेन



 

३, माघ, काठमाडौं । पोखराबाट शव लिएर आएको सेनाको एमआई–१७ हेलिकप्टर महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि एयरपोर्टमा फर्केको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव लिएर आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै अवतरण भएको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिँदै छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : १५ बजे