मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ महिनामा ४ अर्ब ८५ करोड विदेशी लगानी प्रस्ताव



 

३,माघ,काठमाडौँ । नेपालमा यो वर्ष ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार २०७९ सालको पुससम्मको अवधिमा उक्त रकमको लगानी प्रस्ताव आएको हो ।यस अवधिमा २० वटा विदेशी लगानी स्वीकृत भएको छ । जसमध्ये १९ वटा साना तथा मझौला उद्योग रहेका छन् भने ठुला उद्योगमा लगानी प्रस्ताव जम्मा एउटा आएको छ ।

यसमध्ये उत्पादनमूलक उद्योगतर्फ ३ वटा लगानी प्रस्ताव आउँदा पर्यटन मूलकमा ५ वटा लगानी प्रस्ताव आएको छ । यस्तै, सेवामूलक उद्योगमा ७ वटा लगानी प्रस्ताव आएको छ भने सूचना प्रविधि उद्योगमा ३ वटा लगानी प्रस्ताव आएको छ ।

यसैगरी, पूर्वाधारतर्फ २ वटा लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ । मंसिर महिनासम्म १६ वटा विदेशी लगानीको प्रस्ताव आएको थियो ।  विभागका अनुसार पुस महिनामा थप ४ वटा विदेशी लगानीको प्रस्ताव आएको हो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ५८ बजे