मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक सुरु



४ माघ, काठमाडौं । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको हो ।

बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने संसदीय दलका मुख्य सचेतक रमेश लेखकको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ११ : ०५ बजे