मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माइक्रो बस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते



 

४,माघ,काठमान्डौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा ठोक्किएको थियो दुर्घटनामा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षका गोरक लोहियाको मृत्यु भएको हो ।

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ५४ बजे