मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि घिमिरेको उम्मेदवारी दर्ता



४ माघ, काठमाडौं । सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले आफू सभामुख निर्वाचित भइसकेपछि संसदलाई सहमतिको आधारमा अगाडि बढाउने बताएका छन्।

सत्ता गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘विगतको शिक्षालाई लिएर राजनीतिक पार्टीहरुसँग छलफल गरेर सहमतिको आधारमा प्रक्रियालाई अगाडि बढाउँछु। म आरोप प्रत्यारोप पूर्वाग्रह भन्दापनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्छु।’

उनले आफनो जित सुनिश्चित भएको जिकिर गरे। उनले विगतबाट शिक्षा लिँदै संसदमा प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ०७ बजे